भोलि तीन जिल्लामा नौ घन्टा बिद्युत सेवा अबरुद्ध हुने

  ।   २३ आश्विन २०७७, शुक्रबार १५:३८

असोज २३ सुर्खेत ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले शनिवार सुर्खेतसहित तीन जिल्लाको विद्युत सेवा नौ घण्टा अवरुद्ध हुने जनाएको छ । कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने भएकोले बिद्युत सेवा अवरुद्ध हुने भएको हो ।

विद्युत वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीका अनुसार मुख्य लाइन छोइएका रुखका हांगाहरु काट्ने कार्य गर्नुपर्ने भएकोले शनिवार बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म दैलेख, सुर्खेत र जाजरकोटमा बिद्धुत सेवा अबरुद्ध हुनेछ ।

यस्तै रामघाट–कल्याणको ११ केभी लाइन निर्माण गर्ने काम पनि सोही समय भित्र नै सञ्चालन गरिने गिरीको भनाई छ । कल्याण प्रहरी चौकी नजिकै ३३ केभी लाइन ११ केभीमा परेकाले मर्मत गर्न लागिएको हो । त्यसैले उक्त क्षेत्रमा पर्ने लाइनको पनि विद्युत अवरुद्ध हुदाँ सुर्खेत, दैलेख र जाजरकोटका लाइन शनिवार दिनभर पूर्ण रुपमा बन्द हुनेछ ।

Next Post

दैलेख प्रहरीद्वारा ५ सय ४३ लिटर घरेलु मदिरा नष्ट

२३ आश्विन २०७७, शुक्रबार १५:३८
असोज २३, दैलेख ।  दैलेख प्रहरीद्वारा जिल्लाका विभिन्न स्थानमा गरि ५ सय ४३ लिटर घरेलु मदिरा नष्ट गरिएको छ । चाड पर्बहरु नजिकिदै गर्दा सर्बसाधारणको सुरक्षालाई ध्यानमा राख्दै घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण नगर्नको लागि यस अघि नै सुचना जारी गरेको भएपनी जिल्लाका केही स्थानमा उक्त आग्रहलाई बेवास्ता गर्दै […]