रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बिच भेटवार्ता ।

  ।   २० जेष्ठ २०८३, बुधबार १५:३२

बिष्णु कुमार शाही
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । बुधबार रास्वपाका सभापति रवि लामिछानेसँगको भेट लगत्तै प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् . भेटपछि प्रधानमन्त्री मोदीले रास्वपा सभापति लामिछानेलाई भेट्न पाउँदा खुसी व्यक्त गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रबि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु ।’

यस्तै, उनले छिमेकी नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार रहेको र दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री मोदीले भनेका छन्– ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’

उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको समेत बताएका छन् । साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।

Next Post

भारतको एक ठाउँ पनि सिमा मिचेको छैन : ओली

२० जेष्ठ २०८३, बुधबार १५:३२
बिष्णु कुमार शाही बुधवार काठमाडौँमा आयोजित एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट ‘राष्ट्रघाती’ बोली बोलेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहको व्यवहारलाई ओलीले ‘बचपना’को संज्ञा दिँदै भने, ‘उहाँ (प्रधानमन्त्री)ले देशद्रोही कुरा […]