वीरेन्द्रनगरमा कपडा व्यापारीको गोदाममा छापा ३ करोड बराबरको सुन र १० लाख बढी नगद बरामद

  ।   १९ जेष्ठ २०८३, मंगलवार ०८:०९

सुर्खेत । वीरेन्द्रनगरका व्यापारी ६३ वर्षीय श्यामसुन्दर अग्रवाल (बालाजी)बाट कपडा व्यापारको आवरणमा अवैध वित्तीय धन्दा चलाइरहेका झण्डै ३ करोड रकम बराबरको सुन बरामद भएको छ ।

           जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार उनको गोप्य कार्यालयमा छापा हानेको विषयमा जानकारी गराएको छ । त्यहाँबाट १८५ थान सुन तथा चाँदीका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले बताए ।
गोप्य कार्यालयमा छापा मार्दा त्यहाँ सुन विभिन्न बट्टा र पोकामा राखिएको थियो । ‘जसको अनुमानित बजार मूल्य करिब ३ करोड नेपाली रुपैयाँ रहेको छ,’ उनले भने । यस्तै, उनको साथबाट २ लाख १९ हजार ५०० नेपाली, र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ पनि बरामद गरेको छ । साथै, नगद रुपैयाँ गन्ती गर्न प्रयोग गरिने १ मेसिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उक्त पसलमा सोमबार अपराह्न ४ बजेतिर प्रहरीले वीरेन्द्रनगर नगरपालिका—६, तल्लो बजारस्थित शिव ईम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र सुनका गरगहना धितो राखी अवैध रूपमा ब्याजमा नगद दिने गरेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरीले खानतलासी गरेको थियो .

प्रहरी प्रवक्ता बोहराका अनुसार नियन्त्रणमा लिइएका अग्रवालमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनको ठेगाना बाँकेको नेपालगन्ज उपमहानगरपालिका—१० घर भई हाल वीरेन्द्रनगर–६ मा बसोबास गर्ने भनेको छ । यद्यपि उनी भारतीय मूलका कपडा व्यापारी हुन् । सुरुमा उनका बुबा नेपाल आएर कपडा व्यवसाय सुरु गरेका थिए । पछि २०६२/०६३ को जनआन्दोलन र माओवादी द्वन्द्वको सङ्क्रमणकालीन समयमा माओवादीहरूसँग मिलेर नेपालगन्जबाट नेपाली नागरिकता लिएको चर्चा छ ।उनले ७० को दशकपछि कपडा पसलको आवरणमा अवैध रूपमा सुन धितो राखेर पैसा बाँड्ने र भारतीय रुपैयाँको व्यापार सञ्जाल बनाएको प्रहरी स्रोत बताउँछ ।

उनलाई नजिकबाट चिन्ने एक व्यक्तिका अनुसार, उनी खुल्लमखुल्ला देखाएर नै यस्तो काम गर्दै आएका थिए । उनले यो अवैध धन्दाको सुरुवात दसैँ तिहारजस्ता चाडपर्वका बेला भारतबाट आउने नेपालीहरूको भारु साटेर सुरु भएको देखिन्छ,’ स्रोत भन्छ,

Next Post

कांग्रेसले बनायो छायाँ सरकार

१९ जेष्ठ २०८३, मंगलवार ०८:०९
बिष्णु कुमार शाही प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छायाँ सरकार गठन गरेको छ । पार्टी संसदीय दलका नेता भिष्मराज आङ्दम्बेको नेतृत्वमा कांग्रेसले १८ सदस्य छायाँ सरकार गठन गरेको हो । चार वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सरकारको नेतृत्व गरिरहेको छ । रास्वपा […]