प्रहरीको हुम्लामा विशेषज्ञ सेवा

  ।   २१ जेष्ठ २०८३, बिहीबार ११:०१

कर्णाली प्रदेशमा रहेको कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतले दुर्गम बस्ती हुम्लामा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित विशेषज्ञ सेवा दिएको छ । प्रहरी अस्पतालले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत हुम्लामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेको हो ।
अस्पताल प्रमुख तथा हाडजोर्नी एवं नसारोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा. श्यामकृष्ण लौडारीको नेतृत्वमा खटिएको ७ सदस्यीय प्रहरी स्वास्थ्यकर्मी टोलीले दुर्गम क्षेत्रमा पुगेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा दिएको हो ।

हुम्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमी उपत्यकाको हल्जी र जाङ गाउँमा आयोजित शिविरमा ५१ महिला र १६ पुरुष गरी कुल ६७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । त्यसै गरी हुम्लाको चंखेली गाउँपालिका–४ स्थित पिप्लाङ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा १ सय ५७ महिला, ५६ पुरुष र ३४ बालबालिका गरी कुल २ सय ४७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरका क्रममा २७ जना सर्वसाधारणको सामान्य शल्यक्रिया सेवा समेत प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयको सहकार्य तथा विशेषज्ञ चिकित्सक डा. उमाकान्त तिवारीसहित स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

यसअघि प्रहरी अस्पतालका डाक्टरहरुसहितको टिमले जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डवगुफा स्वास्थ्य चौकीमा शिविरमा गरी १ सय ३३ महिला र ७६ पुरुष गरी २ सय ९ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको थियो । प्रहरी अस्पतालले सञ्चालन गरेको ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म कर्णाली प्रदेशका दैलेख र जाजरकोट बाहेक अन्य ८ जिल्लामा सेवा विस्तार भइसकेको छ । बाँकी जिल्लामा पनि यही महिनाभित्र कार्यक्रम सम्पन्न गरिने अस्पतालका सूचना अधिकारी प्रहरी निरीक्षक डा. सन्जीव खड्काले जानकारी दिए ।

Next Post

फर्कंदै रबि , खनाल जाँदै

२१ जेष्ठ २०८३, बिहीबार ११:०१
पाँच दिने भारत भ्रारमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कंदै छन् भने सोही दिन नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा  लामिछाने गत  सोमबार नयाँ दिल्ली गएका […]

सम्बन्धित