दैलेखमा मंगलबार राति आफ्नै बाबुले छोराको हत्या गरेका छन् |
दैलेख जिल्ला नारायणनगरपालिका ९ सालखर्कका ७३ बर्षिय कविराज थापाले ४४ बर्षिय आफ्नै छोरा यादब थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ |
पारिबारिक बिबादमा कबिराजले आफ्नै छोरा यादबको गर्धन पाखुरा लगायत शरीरका बिभिन्न ठाउमा हसिया प्राहर गरि घाइते बनाएको उपचारको लागि दैलेख अस्पताल लैजादै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको हो |
कविराज थापालाई गए रति नै नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लक्ष्मण पचाभैयाले जानकारी दिए |
