दिल्ली पुगे रास्वपा सभापति लामिछाने

  ।   १९ जेष्ठ २०८३, मंगलवार १३:४४

बिष्णु कुमार शाही

  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भारतका सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नविनको निमन्त्रणमा   सोमबार अपराह्न दिल्ली पुगेका छन् ।

पत्नी निकिता पौडेल  संगै  रास्वपा सभापति लामिछाने  पार्टीका दुई जना नेताहरूसहित दिल्ली पुगेका हुन्  । उनलाई भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सदस्य अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

पार्टी सभापति रबि लामिछानेले   रास्वपा र भाजपाबीच दलगत सम्बन्ध सुदृढ गर्ने भनेर भ्रमणको आयोजना गरिएको जनाइएको छ । जेंजी आन्दोलन  पछी गत  २१ फागुनमा भएको आम निर्वाचनबाट झन्डै दुई तिहाई बहुमतसहितको सरकार बनाएको दुई महिनापछि पार्टी सभापति लामिछानेको पहिलो औपचारिक भारत भ्रमण भएको हो । भारत भ्रमणमा रहँदा उनले भाजपाका अध्यक्ष नवीनसहितका शीर्ष नेताहरू तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तालिका रहेको छ।

भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता हुने उल्लेख भए पनि को-कोसँग भेट हुने खुलाइएको छैन । विमानस्थलबाट सिधै ताजमान सिंह होटल पुगेका लामिछानेको मुख्य भेटघाटहरू मंगलबारलाई निर्धारित छ । भ्रमण टोलीमा पार्टी सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् । भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापासमेत लामिछानेको स्वागतका लागि विमानस्थल पुगेका थिए । भारत भ्रमणमा रहँदा उनले भाजपाका अध्यक्ष नितिन नवीनसहितका शीर्ष नेताहरू तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

Next Post

भारतले भन्यो : नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन

१९ जेष्ठ २०८३, मंगलवार १३:४४
भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको स्पष्ट पारेको छ। प्रवक्ता रणधिर जयसवालले सीमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र सक्रिय रहेको र बाँकी समस्या आपसी संवादबाट हल हुने बताएका छन्। प्रधानमन्त्री शाहले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका भए पनि भारतले सीमा विवादमा तेस्रो […]