प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसं द्रारा प्रदर्शन

  ।   २२ जेष्ठ २०८३, शुक्रबार ११:३६

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ ।
त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
सीमा विवादको विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
सङ्घीय संसद्मा सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको हो ।

राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।
त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको यस्तो हल्का भनाइले आम नेपाली नागरिकको भावनामा चोट पुगेको प्रदर्शनकारी विद्यार्थीहरूको दाबी छ ।