कांग्रेसले बनायो छायाँ सरकार

  ।   १९ जेष्ठ २०८३, मंगलवार ०८:३१

बिष्णु कुमार शाही
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छायाँ सरकार गठन गरेको छ । पार्टी संसदीय दलका नेता भिष्मराज आङ्दम्बेको नेतृत्वमा कांग्रेसले १८ सदस्य छायाँ सरकार गठन गरेको हो ।

चार वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सरकारको नेतृत्व गरिरहेको छ । रास्वपा नेतृत्वको वर्तमान सरकार पुराना राजनीतिक दलहरूलाई पेलेर जान रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ । संसद् र सरकारलाई खबरदारी गर्न भन्दै कांग्रेसले आफ्नै सबै सदस्यहरूको कार्यविभाजन गरेको छ । सोही अनुसार दलको नेता आङ्दम्बेलाई छायाँ सरकारको प्रमुख बनाएको छ ।

त्यस्तै गृह मन्त्रालयको जिम्मेवारी प्रकाशमान सिंह कार्की, अर्थ नरेन्द्रकुमार केरुङ, परराष्ट्र सुनिल बहादुर थापा, पूर्वाधार विकास मोहन आचार्य, शिक्षा तथा खेलकुद डा. फिर्दोश आलम, स्वास्थ्य तथा खाद्य स्वच्छता डा चन्द्रमोहन यादव, उद्योग, ताणिज्य तथा आपूर्ति विष्णु बहादुर खड्का, कृर्षी, वन तथा पर्यावरण डा प्रमिला कुमारी गच्छदार, कानून, न्याय तथा संसदीय खम्म बहादुर खाती, रक्षा खडग शाही, सुचना तथा सञ्चार मनमाया विश्वकर्मा, युवा, श्रम तथा रोजगार गिता गुरुडलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन संदीप राना, उर्जा, जलस्रोत तथा सिंचाई सन्तोष सुब्बा, महिला, बालवालिका, लैड्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा गंगालक्ष्मी अबाल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन जनकराज गिरी र संस्कृति, पर्यटन तथा नागरिक उड्यन योगेश गौचनलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतका समिति समन्वयन र विषयगत समितिमा पनि आफ्ना सांसदहरूलाई जिम्मेवारी तोकेको छ । उसल राज्य व्यवस्था तथा सुशासन समिति रेखा कुमारी यादव, अर्थ समितिमा खडक बहादुर वुढा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रेनुका काउचा मगर।

उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिमा टेक बहादुर गुरुङ रहेका छन् । त्यस्तै,कानून, न्याय तथा मानव अधिकार समितिमा निनु कुमारी कर्ण, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गिता कुमारी सेन्दाङ, पूर्वाधार विकास समितिमा भरत कुमार स्वार, महिला तथा सामाजिक मामिला समितिमा रिना उप्रेती र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सिता थपलियालाई जिम्मेवारी तोकिएको छ ।
विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छायाँ सरकार गठन गर्ने गरेपनि विगतमा त्यसले प्रभावकारी काम गर्न सकेको थिएन । फागुन २१ ग्ते भएको निर्वाचनबाट प्रतिनिधिसभामा जम्मा ३८ सिटमा कांग्रेस खुम्चेको छ ।

को को छन् कार्य समितिमा ?

भिष्मराज आड्दम्ब नेतृत्वमा रहेको संसदीय दल कार्य कार्यसमितिमा उपप्रमुख अभिषेक प्रताप शाह, कोषाध्याक्ष डा शाहजान खातन, सदस्य सचिव मदन कृष्ण श्रेष्ठलाई तोकिएको छ । सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मणी देवी कोडराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य रहेका छन् ।

Next Post

दिल्ली पुगे रास्वपा सभापति लामिछाने

१९ जेष्ठ २०८३, मंगलवार ०८:३१
बिष्णु कुमार शाही   सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भारतका सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नविनको निमन्त्रणमा   सोमबार अपराह्न दिल्ली पुगेका छन् । पत्नी निकिता पौडेल  संगै  रास्वपा सभापति लामिछाने  पार्टीका दुई जना नेताहरूसहित दिल्ली पुगेका हुन्  । उनलाई भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सदस्य […]