अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन थपिए ३ हजार ४३९ कोरोना संक्रमित

  ।   २१ आश्विन २०७७, बुधबार १६:५७

२४ घण्टामा १ हजार १२६ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २५ हजार ७ जना रहेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार १२६ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ४८६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १४ हजार २०९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार १६४ जना रहेका छन् ।

 

Next Post

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँँदा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु

२१ आश्विन २०७७, बुधबार १६:५७
मनोज डाँगी  असोज २१, जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिको लोडनीमा यात्रुवाहक जीप दुर्घटना हुदाँ वडाध्यक्ष सहित पाँच जनाको ज्यान गएको छ । सदरमुकाम जाजरकोट खलंगाबाट जुनीचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकको लागी हिडेका वडाध्यक्ष सहितको टोलि दुर्घटनामा परेका हुन् । लोडनीमा दुर्घटना भएको जीपमा जुनीचाँदे गाउँपालिका वडा न ११ का वडाध्यक्ष अमर […]

सम्बन्धित