काभा महिला भलिबलमा नेपाल सेमिफाइनलमा

  ।   ११ जेष्ठ २०८३, सोमबार ०९:५२

२०८३ जेष्ठ
भारतसँग ३–२ को सेटमा प्रतिस्पर्धात्मक हारबाट नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको शुरुवात गरेको थियो । चार टोली सम्मिलित समूह ‘ए’ को बाँकी दुई खेलको नतिजा आफ्नो बनाउँदै नेपाल सेमिफाइनलमा पुग्न सफल भयो ।
लगातार दोस्रो जित निकाल्दै नेपाल घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ को अन्तिम खेल खेलेको नेपालले आइतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा मालदिभ्सविरुद्ध नेपाल २५-१२, २५-९, र २५-२० ले विजयी बन्यो।
समूह विजेताको टुङ्गो भने सोमबार हुने लिग चरणको अन्तिम खेलले तय हुनेछ । यस समूहको अन्तिम खेलमा भारत र किर्गिस्तानबीच प्रतिष्पर्धा हुनेछ । भारतलाई सोझो सेटमा हराएमा किर्गिस्तान यस समूहबाट सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न भारतलाई भने ३–२ को सेटको नतिजा पनि पर्याप्त हुनेछ ।

तीन खेलबाट नेपाल सात अंकसहित शीर्ष स्थानमा छ । समूहमा दोस्रो स्थानको भारतको पाँच, किर्गिस्तानको तीन अंक छ । माल्दिभ्स अंकविहिन रहँदै समूह चरणबाट बाहिरिएको छ ।

Next Post

एमालेको कार्यदलको सयोजकमा राम बहादुर थापा

११ जेष्ठ २०८३, सोमबार ०९:५२
एमालेको निर्वाचन समीक्षा र कार्य विभाजन गर्न बसेको बैठकले समग्र पार्टी जीवनको बस्तुस्थितिको प्रतिवेदन तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गरेको छ । बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्य विभाजन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।एमाले सचिव शेरधन राईका अनुसार बैठकपछि नेकपा एमाले नयाँ ढङ्गले अघि […]