असोज १३ देखि चाडबाडका लागि सुकिला नोट साट्न पाइने

  ।   २६ भाद्र २०८१, बुधबार १६:०२

भदौ-२६, काठमाडौ ।

आगामी दसैं, तिहार र छठका लागि सर्वसाधरणले असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको छ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ । साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ ।

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको थियो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको जनाइएको छ । डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

Next Post

सल्यानमा जिप दुर्घटना, ५ जना घाइते

२६ भाद्र २०८१, बुधबार १६:०२
कृष्णबहादुर बिष्ट (लखपति) भदौ-२७, सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको श्रीनगरबाट सदरमुकाम खलंगातर्फ आउँदै गर्दा कर्णाली प्रदेश ०२००१ झ ००३५ नम्बरको पूर्वाधार बिकास कार्यालय सल्यानको डबल क्याप जिप श्रीनगर खलंगा सडक खण्ड अन्तर्गत शारदा नगरपालिका-२ स्थित मैसेपानीमा दुर्घटना भएको हो । आज साँझ […]