घाइते साङ्लो बोकेर पशु अस्पताल पुगेपछि…

  ।   २३ जेष्ठ २०७८, आईतवार १६:१५

थाइल्याण्डमा एकजना मानिसले घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगे ।

सडक पेटीमा हिँडिरहेको एकजना बटुवाले कुल्चिएपछि उक्त साङ्लो घाइते भएको रहेछ । त्यही घाइते साङ्लोलाई टिपेर उनी उपचारका लागि भन्दै क्राथुम बाएनस्थित साइ राक पशु अस्पताल पुगे ।

गत हप्ता उक्त अनौठो घटना भएको हो। उपचार गर्न भन्दै घाइते साङ्लो बोकेर एकजना मानिस अस्पताल आएपछि त्यहाँका पशु चिकित्सक डाक्टर थानु लिम्पापाटनावानिच अचम्ममा परे ।

उनले फेसबुकमा लेखेका छन् – हिजो राति निकै आपतकालीन घटना भयो । एकजना बटुवा सडक किनारामा हिँडिरहेको बेला खुट्टाले साङ्लोलाई कुल्चिएछन् । त्यहीँ हिँडिरहेको एकजना मनकारी मान्छेले देखे । त्यसपछि उनी तत्कालै उक्त घाइते साङ्लो बोकेर उपचारका लागि पशु अस्पतालको आकस्मिक कक्षमा ल्याए ।

उनी भन्छन् – यो घटना कुनै मजाक होइन । यसले सबै जीवप्रतिको दया तथा लगावलाई दर्शाउँछ । सबैको जीवन अमूल्य छ । संसारमा यस्तै मानिसहरु धेरैभन्दा धेरै होउन् । दयाले संसारलाई सहयोग गर्दछ ।

उपचारका लागि ल्याइएको साङ्लोको निःशुल्क उपचार गरिएको र उपचारपछि सोही मानिसलाई नै साङ्लो जिम्मा लगाएको उनी बताउँछन् ।

उपचारपछि उक्त साङ्लो बाँच्यो कि बाँचेन भन्नेचाहिँ खुलेको छैन । यस विषयमा इन्टरनेटमा धेरै मानिसहरुले ती मानिसको प्रसंसा गरेका छन् ।

एजेन्सी

Next Post

फौजदारी अभियोग प्रमाणित मन्त्रीलाई पदमुक्त गर्न माग राख्दै एमालेद्वारा सदन अवरुद्ध

२३ जेष्ठ २०७८, आईतवार १६:१५
सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका अम्मर थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने बताएका छन् कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कंडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न […]