लोप हुँदै ढिकी जाँतो र हाते मुसल

  ।   १६ आश्विन २०७७, शुक्रबार १८:५०

पंखबहादुर शाही

दैलेख ।

पछिल्लो समय ग्रामिण भेगबाट ढिकी जाँतो र हाते मुसल लोप हँुदै गएका छन् । गाउँ घरमा भित्रिएका टुकटुके मिल र पानी घट्ट निर्माण भएपछि ग्रामिण भेगबाट कुटानी पिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् ।
ढिकी जाँतो लोप हुँदा विहानी र बेलुका पख ढिकी जाँतोले गुज्यामान हुने गाउँघरका बस्ती आजभोली सुनसान हुनाका साथै गाउँमा ढिकी जाँतोको आवाज सुनिन छाडेको छ । आवाज नसुनिदा गाउँघरका अन्न उत्पादन हुन छाडेको हो की भन्ने समेत भान हुन्छ । कि त गाउँका सबै मानिस तराईको चामलको भरमा परेर परनिर्भर बनेका हुन् की भनेर आँकलन गर्न सकिन्छ ।

विहानी भालेको डाँको सँगै उठेर कुटानी पिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका महिला आजभोली गाउँघरमा भित्रिएका पानीमिल,आधुनिक घट्टले गर्दा सुविधा ल्याएको पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडीका नैनाकुमारी शाहीले बताईन् । “पहिला ढिकी जाँतो, हाते मुसलले गर्दा हामी महिलाकन दुःख हुना थिया,’ आधुनिक घट्ट, टुक–टुके मिल आएपछि सुविस्ता भएको छ,’ उनले भनिन् कुटानी पिसानीको बचत भएको समयलाई बालबच्चाको सरसफाई तरकारी खेतीमा लगाउने गरेका छौं ।” आधुनिक घट्ट र टुकटुके मिलले गर्दा गाउँमा पाइने अर्गानिक अन्नको स्वाद भने फरक बनाई दिएको सोही ठाउँका ९० बर्षिया भगे कामीले बताए । “महिलाका दुःखमा कमी भएपनि खानाको स्वाद नै विगा¥यो ’ ढिकी र जाँतोमा कुटानी पिसानी गर्दा जुन स्वाद पाइन्छ त्यो स्वाद हराउन छाडेको दुल्लु नगरपालिका –९ धामिगाउँका शेर्वानाथ योगिले बताए । गाउँमा पर्यटक भित्राउनको लागि आधुनिक मिल र पानी घट्टले गर्दा पर्यटक रिझाउन सक्दैन,राम्रो हुँदैन आम्दानी बढदैन् । बरु घटट् र मिल सँगै सस्कार हराउन नदिन सम्बन्धीत निकायले परम्परागत यन्त्रलाई लोप हुन नदिन योजना नै ल्याउनुपर्छ, योगिले थपे ।

चामुण्डाबिन्द्रासैनि नगरपालिका–८ की मनिषा शाही भने आधुनिक यन्त्रले किसोरी र महिलाका दुःख हटेकाले परिवर्तन भएको बताउँछीन् । ७–८ बर्ष पहिला हामी विद्यालय जानु भन्दा पहिला कुटानि पिसानी गर्नुपथ्र्याे,’ अहिले स्कुल बिदाको दिन पानी घट्टमा गएर धुलो पिसेर ल्याईहाल्छौँ उनले भनिन् । महिलाले चुलो चौकोमा सिमित रहने सेमिनार, गोष्ठी जान नपाउनाले महिलाहरु पछि परेको आठबीस नगरपालिका–१ सात्तलाकी थुमि खड्काले बताईन् । आधुनिक यन्त्रले गर्दा गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागी हुन पाउँदा केही चेतना जागेको छ ।
घट्टमा पिसानी गरेको माना पाथि दिईने चलन छ ,’ ग्रामिण भेगमा । ३० केजिको एक बोरा गहुँ पिसेको ३ माना गहुँ, मकैको पनि सोहि माना मकै तिर्नुपर्छ,’ यस्तै मिलमा रकम तिर्ने गरिन्छ । महिलाहरुलाई केही सुविधा भए पनि मिल या घट्टमा महिलाहरुकै उपस्थिति छ, केही मात्रामा कामको बोझ कम भएको छ, ‘जहाँ जसरी काम भए पनि यस्ता जोखिमयुक्त काममा पुरुषको सहभागिता बढाउनुपर्ने आठबीस नगरपालिकाका उप–प्रमुख दिपा बोहोराको जोड छ । हामी आधुनिक परिवर्तन सँग महिलाका दुःख देखेर पानी घटट् बनायौं संस्कार बचाउनकै लागि ढिकी जाँतोलाई हटाउनै पर्छ भन्ने अडान लिएका छैनौं । संस्कार पनि बच्ने, महिलालाई सुखको लागि पानी घट्ट, स्वादिलो खानाको लागि ढिकी जाँतो लोप हुन दिनुहुँदैन,’ उनले भनिन् । पछिल्लो समय गाउँवस्तीबाट हाते मुसल,ढिकी जाँतो लोप हुँदै गएपनि यहाँका बासिन्दा सँस्कार बचाउन र खानाको स्वाद कायम राख्न आएका पाहुनालाई ढिकी जाँतोमा कुटानी पिसानी गरेको खाना खुवाउने गर्छन् ।

Next Post

प्रहरीद्धारा घरदैलो कार्यक्रम

१६ आश्विन २०७७, शुक्रबार १८:५०
मनोज डाँगी, असोज १६ . “नगरौ बाल बिबाहका कुरा, पुगेको छैन २० बर्ष उमेर पुरा” भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाल बिवाह न्युनिकरण सम्बन्धि जनचेतना अभिबृदी गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले घर दैलो कार्यक्रम सुरु गरेको छ । जस अन्तर्गत पहिलो दिन आज पन्चपुरी […]