सडक सुरक्षाको लागि प्रहरीसँग सहकार्य गर्दै वर्ल्डलिंक

  ।   २९ भाद्र २०८०, शुक्रबार १९:२१

सुर्खेत । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार वीरेन्द्रनगर-६ को बिच बजारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतसँगको सहकार्यमा नागरिकलाई सडकको प्रयोग र ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको हाे।

सडक दुर्घटना हुनबाट बचौं र बचाऔ भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र सिंह बुढाथोकीको उपस्थितीमा वल्डलिंकका झण्डै ८० जना कर्मचारी र नागरिकहरुलाई सडकको सही प्रयोग तथा ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको वर्ल्डलिंक सुर्खेतका प्रमुख कुमार आचार्यले जानकारी दिए ।

उनकाअनुसार वर्ल्डलिंकमा कार्यरत प्राविधिक र अन्य कर्मचारीहलाइ सुरक्षित सडक यात्रा कसरी गर्ने र ट्राफिक नियमबारे थप स्पष्ट हुन पुनर्ताजकिसमेत गराइएकाे छ ।

Next Post

विभिन्न कार्यक्रमसहित नारायण क्याम्पस दैलेखको सत्ताइसौँ वार्षिकोत्सब सम्पन्न

२९ भाद्र २०८०, शुक्रबार १९:२१
गोबिन्दराज रेग्मी  असोज-१०, दैलेख । नारायण क्याम्पस दैलेखले विभिन्न कार्यक्रमहरुको आयोजना गरि आफ्नो सत्ताइसौँ वार्षिक उत्सव मनाएको छ । सोही कार्यक्रमको अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीले क्याम्पसको भ्रमण, अनुगमन तथा अन्तरक्रिया कार्यक्रमसमेत  सम्पन्न गरेको छ । क्याम्पसद्वारा आयोजित २७ औं वार्षिकोत्सव […]