रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी जारी

  ।   ८ श्रावण २०८२, बिहीबार १३:३८

साउन-८, एजेन्सी ।

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो।

‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

हराएको विमानको खोजी कार्य भइरहेको सीएनएनले जनाएको छ । त्यहाँका गभर्नर भासिली ओरलोभका अनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

‘विमानको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत परिचालन गरिएको छ’, गभर्नर ओरलोभले भनेका छन् ।

मौसम र भौगोलिक अवस्थाका कारण विमान खोजीमा चुनौती देखिएको छ ।

Next Post

परिवारलाई ‘भ्वाइस म्यासेज’ पठाएर नेपाल भागे सुर्खेती दिदीबहिनी, मृत्युको बाटो रोज्नुअघि टिकटक

८ श्रावण २०८२, बिहीबार १३:३८
साउन-८, काठमाडौ । भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत भेटिएका थिए । महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट  १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना भागेर नेपाल आएका हुन् । उनीहरूको स्थायी […]

सम्बन्धित