
असोज २०, सुर्खेत ।
ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतको प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक दिपेन्द्र कुमार खत्रीले सम्हालेका छ्न।
जिम्मेवारी सम्हालेकै दिन असोज १८ गते उनले पञ्चपुुुुरी नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दल, प्राज्ञीक ब्यक्तित्व,सामाजिक अभियन्ता, पत्रकारहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न गरे ।
पश्चिम सुर्खेतको वर्तमान शान्ति सुरक्षा अवस्था र कोभिड १९ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो । कार्यक्रममा प्रहरी निरिक्षक दिपेन्द्र कुमार खत्रीले शान्ति सुरक्षा स्थापनाकाे लागि आफ्नाे तर्फबाट कुनै पनि कसर बाकि नराख्ने बताए ।
सामाजिक समस्याको रुपमा रहेकोे मदिरा नियन्त्रणका लागि पहल गर्नुपर्ने भन्ने सुझाबमा खत्रीले मदिरा नियन्त्रण गर्न समुदायकाे साथ भएमा पुर्णरुपमा बन्द गरिने बताए ।
सदैव मन, कर्म, बचनबाट दत्तचित्त भई समाजमा शान्ती सुरक्षा, सुव्यवस्था एवम अमनचयन कायम गर्न तथा
नागरीकको जिउ धनको सुरक्षा गर्न, कानुनको पालना तथा कार्यान्वयनमा आफु अहोरात्र खटिन पछी नहट्ने बताउदै आफ्ना प्रहरी कर्मचारीहरुलाई उच्च मनोवल एवम निर्भीकता साथ आफ्नो शिर ठाडो बनाएर कसैप्रती झुकाव नराखी व्यावसायिक जिवनमा सिकेका ज्ञान,सीप र कलालाई व्यवहारीक रुपमा व्यावसायीक छवि प्रस्तुत गर्दै जनताको मन जित्ने गरी प्रहरी कामकारवाही गर्न मातहत सवै प्रहरी चैकी ईन्चार्ज तथा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

