
एजेन्सी
चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ ।
गएको हप्ता १३ जनामा कोरोना भाइरस पुष्टि भएपछि सहरका सबै बासिन्दाको परीक्षण गर्ने निर्णय अनुसार पछिल्लो ४ दिनमा १० दशमलव १६ मिलियन अर्थात १ करोड १६ लाख जनाको परीक्षण भएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ ।
चिङदाओका उपमेयर चिउ चिङदाओले गएको सोमबारदेखि बिहीबारसम्म झण्डै १ करोड १६ लाख मानिसमा कोरोना परीक्षण गरिएको र कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको बताएका छन् ।

