घोराहीका विद्यालय २० दिन बन्द हुने

  ।   २५ आश्विन २०७७, आईतवार १७:२७

मनोज डाँगी 

दाङ, असोज २५ ।

दाङको घोराही उपमहानगरपालिकाले कोरोना संक्रमण र जोखिम बढेपछि २० दिन सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ ।

नगरका कार्यबहाक प्रमुख भरतमणी अर्यालको अध्यक्षतामा आज बसेको शिक्षा समितिको बैठकले विद्यालय २० दिन बन्द गर्ने, कक्षा ११ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । साथै शिक्षा महाशाखा एवं विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यसअघि दाङको बबई गाउँपालिकाको वडा नम्बर ६ ले पनि आफ्नो वडामा रहेका विद्यालयलाई बन्द गरेको थियो । यस्तै समुदायमा कोरोना जोखिम देखिएपछि प्युठानको नौबहिनी गाउँपालिकाले पनि विद्यालय बन्द गरेको छ ।

Next Post

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

२५ आश्विन २०७७, आईतवार १७:२७
काठमाडौँ,असोज २५ गते । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । शुक्रबार पाटन अस्पताल भर्ना भएका पोखरेललाई शनिबार कोरोना पोजिटिभ देखिएको हो । कोरोना पोजिटिभ देखिएपछि उनी अहिले आइसोलेसनमा बसिरहेका मन्त्री पोखरेलका सहयोगी विनोद न्यौपानेले बताए । शुक्रबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई पनि […]