आजको कोरोना अपडेट

  ।   १७ आश्विन २०७७, शनिबार १९:०२

काठमाडौं, १७ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ६७, दोलखामा ६५, सिन्धुपाल्चोकमा ४१ र कैलालीमा ७९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा २८ र चितवनमा ७६ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

आज २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा आज ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।

आज २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ६ सय ५५ प्रदेश नम्बर २ मा १४ हजार २ सय १५, बागमती प्रदेशमा १९ हजार ६ सय ५६ र गण्डकी प्रदेशमा ३ हजार ५ सय ९९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ४६, कर्णाली प्रदेशमा ३ हजार १ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ गरी आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन ।

त्यसैगरी आज कर्णाली प्रदेशमा नया संक्रमित ५१ जना थपिएका छन । जसमध्य सुर्खेतमा ३७ जना, दैलेखमा १० जना, कालीकाेटमा १ जना र अन्य प्रदेशका ३ जना रहेका छन । सामाजिक बिकास मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कोरोनाका कारण कसैको मृत्यु भएको छैन भने आज ४५ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

Next Post

नौमुलेमा सञ्चालन हुँदै दुई एम्बुलेन्स

१७ आश्विन २०७७, शनिबार १९:०२
अस्मिता रोक्का  मगर  नौमुले, दैलेख । दैलेखको नौमुले गाउँपालिकामा दुई वटा एम्बुलेन्स ल्याइने भएको छ । जिल्लाका धेरैजसो स्थानीय तहहरुले यसअघि नै एम्बुलेन्सहरु सञ्चालन गरिसकेको भएपनी नौमुलेमा उक्त सेवा सुरु गरिएको थिएन । तर, यसअघि बिरामिहरुको अबस्था हेरी गाउँपालिकाकै गाडीबाट सेवा दिइदै आएको बताइएको छ । स्थानीय जनताको माग र […]

सम्बन्धित