खेलाडीलाई सम्मान

  ।   २९ पुष २०७८, बिहीबार १९:१२

गोबिन्ददेव भारती / २९ पौष सुर्खेत,  

नेपाल गोजु रियो कराँते दो संघ सुर्खेतले बंगलादेशको ढाकामा आयोजित अन्तराष्ट्रिय कराँते प्रतियोगितामा बिजयी खेलाडीहरुलाई सम्मान गरेको छ ।

गत डिसेम्बर २७ देखि २९ सम्म बंगलादेशको ढाकामा भएको सो प्रतियोगितामा जीत हासिल गर्ने खेलाडीहरु प्रकाश खड्का (सुर्खेत), सन्दीप महत (सुर्खेत) र हिक्मत रोका मगर (दैलेख) लाई बिहिवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

जसमध्ये प्रकाश खड्काले एकल कातामा स्वर्ण पदक र ७५ केजी कुमितेमा काश्य पदक, सन्दीप महतले ७० केजी कुमितेमा काश्य पदक र हिक्मत रोका मगरले ६५ केजी कुमितेमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

जिल्ला खेलकुद बिकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मान कार्यक्रमको अध्यक्षता नेपाल गोजु रियो कराँते  दो संघ सुर्खेतका अध्यक्ष लोकेन्द्रराज शाहीले र संचालन संघका सुर्खेत जिल्ला सचिव एवं खेलाडी जगतप्रसाद रिजालले गरेका थिए ।

Next Post

रुस-युक्रेन तनाव : अमेरिकी सेना `हाईअलर्टमा´

२९ पुष २०७८, बिहीबार १९:१२
माघ १९, काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आँकलन गर्दै अमेरिकाले आफ्ना सेनालाई `हाईअलर्ट´मा राखेको छ । पेन्टागनका अनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा राखिएको छ । पेन्टागनका प्रेस सचिव जोन किर्बीले नेटोले र्‍यापिड रियक्सन फोर्सलाई सक्रिय बनाउने निर्णय गरेमा वा अन्य कुनै […]

सम्बन्धित