सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएपछी जनजीवन सहज बन्दै

  ।   १८ असार २०७८, शुक्रबार १४:०१

सुर्खेत ।

सुर्खेत जिल्लामा वैशाख १४ गतेदेखि लागु गरिएको निषेधाज्ञा केहि खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाएपछी जनजीवन सहज बन्दै गएको हो । तर, निषेधाज्ञा हटाइएको नभै केही खुकुलो बनाउँदै थप ८ दिन अर्थात असार २५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले थप ८ दिन निषेधाज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार गएराति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका निषेधाज्ञा थप गरिएको हो । तर, पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ ।

संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

असार १ गतेबाट निषेधाज्ञा खुकुलो पार्दै गएकोमा आजदेखि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसल सञ्चालन गर्न दिइने भएको छ ।
तरकारी फलफूल पसलहरु बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहने छन् ।

यस्तै, होटल तथा रेष्टुरेन्टहरु आफ्नो क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, भिडभाड नहुने गरी सञ्चालन गर्न पाइने छ ।

सवारी साधनमा जोर–विजोर
यस्तै आजदेखि सवारी साधनमा जोर–विजोर प्रणाली अनुसार सञ्चालन भएका छन् । सुर्खेत जिल्लाभित्र मात्र सञ्चालन हुनेगरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा यो प्रणाली लागू गरिएको प्रशासनले जनाएको छ ।

तर, ती सवारी साधनलाई सुर्खेत जिल्ला भन्दा बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

Next Post

मिडियामा महिला सांसदको उपस्थिति बिषयक छलफल कार्यक्रम सम्पन्न

१८ असार २०७८, शुक्रबार १४:०१
सुर्खेत । प्रदेश सभाका महिला माननीय सदस्यहरुका लागि `मिडिया (सञ्चार माध्यम) मा महिला सांसदको उपस्थिति´ बिषयक सञ्चार सीप सम्बन्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । प्रदेशसभा सचिवालय कर्णाली प्रदेशको भिडियो कन्फ्रेन्स हलमा शुक्रवार आयोजित सो कार्यक्रममा कर्णाली प्रदेशका महिला माननीयहरु लगायत सात वटै प्रदेशबाट बिषयगत समितिका सभापति/अध्यक्ष, प्रदेशका माननीय, प्रदेशसभाका […]

सम्बन्धित