माधव नेपाल एमालेमा नफर्कने

  ।   २६ जेष्ठ २०७८, बुधबार १४:४५

काठमाडौं, २६ जेठ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् । उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ ।

नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर बढ्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले प्रचण्डसँग पनि छलफल बढाइसकेका छन् ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरेर प्रचण्ड र नेपालले नेतृत्व गर्ने गरी अघि बढ्नेबारे पनि छलफल बढेको छ । तर, कट्टेल सहमत हुने सम्भावना कम छ । त्यस्तो अवस्थामा कलम चिन्ह माग गरी दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत बनाएर वृहत कम्युनिस्ट एकतामा माधव नेपाल लाग्ने सम्मको तयारी रहेको बुझिएको छ ।

नेपालले एमालेबाट निष्काशित भएपछि नयाँ दल खोल्ने खुलासा गरिसकेका छन् । उनलाई पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी आधाको साथ छ ।
यसैगरी, माधव नेपाल एमालेमा नफर्कने गरी बढेपछि सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई निराश भएका छन् । उनीहरु आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्न सक्रिय भएका छन् ।

Next Post

बिधेयक तत्काल सच्चाइयोस्, : अध्यक्ष न्यौपाने

२६ जेष्ठ २०७८, बुधबार १४:४५
नेपालगन्ज  लुम्बिनी प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रस्ताव गरेको आमसञ्चार सम्बन्धी विधेयक तत्काल सच्चाउनुपर्ने माग उठाइएको छ । सरकारले आफै सञ्चारमाध्यम सञ्चालन गर्ने, सञ्चारकर्मीलाई आफ्नै पास अनिवार्य गर्ने, फौजदारी अभियोगमा मुद्दा चलाउन सक्ने जस्ता दफाको व्यवस्थासहितको विधेयक संस्दमा प्रस्ताव गरेको छ । नेपाली प्रेसमाथि अंकुश लगाउने नियत अनुसार […]