दुई बिघा ऐलानी जग्गाको ‘अवैध बिक्री’ छानबिन गर्न माग

  ।   १४ आश्विन २०७७, बुधबार ०५:५६

बुटवल उपमहानगरपालिका वडा नंं. १७ का दुई सरकारी विद्यालयले दुई बिघा जग्गा अवैधरुपमा बिक्री गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले छानबिन गर्न माग गरेको छ ।

मोतिपुर मावि र जनशक्ति प्राविले भोगचलन गर्दै आएको ऐलानी जग्गा विद्यालयको खर्च चलाउने नाममा विद्यालय व्यवस्थापन समितिहरुले २०६५ सालदेखि पटक–पटक गरेर अवैधरुपमा बिक्री गरेकाले छानबिन गर्न माग गरेको हो । पार्टीको बुटवल उपमहानगर समितिले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक जग्गा बिक्रीको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र बिक्री भएका जग्गा विद्यालय मातहत फिर्ता ल्याउन माग गरेको छ ।

जसपाले बुझाएको चार बुँदे ज्ञापनपत्रमा तिनाउ नदीमा हालै आएको बाढीका कारण वडा नंं. १७ मनकामना टोलमा घर भत्किँदा विस्थापित भएका चार परिवार र बाढीको उच्च जोखिममा परेका ३५ परिवारलाई राहत तथा आवासको व्यवस्था गर्न पनि माग गरिएको छ । बाढी पहिरोबाट वस्तीमा हुने क्षति रोक्न तटबन्ध गर्न तथा तिनाउ र दानव नदी छेउछाउको सुकुम्बासी वस्तीको दीर्घकालीन व्यवस्था गर्न पनि जसपाले माग गरेको छ ।

यस्तै कोरोना महामारी नियन्त्रणका लागि उपमहानगरले गरेको खर्च विवरण सार्वजनिक गर्न र बुटवलमा कोरोना संक्रमण दर बढ्दै गएकाले सबै वडामा पीसीआर परीक्षणको दायरा बढाउन पनि जसपाले माग गरेको नगर संयोजक बामदेव भुसालले बताए ।

Next Post

वामदेवको मुद्दा प्रधानन्यायाधीशसहित पाँच जनाको संवैधानिक इजलासमा

१४ आश्विन २०७७, बुधबार ०५:५६
काठमाडौं, असोज १४ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमविरूद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुने भएको छ। असोज ७ गते सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमको मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो। गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। आजदेखि […]

सम्बन्धित