
कार्तिक २, डडेल्धुरा ।
बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले नेपाली कांग्रेस पार्टीलाई हिन्दु राष्ट्रको एजेन्डा बोक्नु पर्ने सुझाव दिएका छन्।
काङ्ग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लाको प्रसुरामधाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शाहले अब देशले कांग्रेसकै नेतृत्वमा गुमेको हिन्दु राष्ट्रको पहिचान फिर्ता ल्याउनु पर्ने जिकिर गरे। अध्यक्ष शाहले अहिले स्कुलहरु यशु कुलमा रुपान्तरण भएको भन्दै त्यस्ता स्कुलहरुलाई बन्द गरेर गुरुकुल स्थापना गर्नुपर्ने तर्क गरेका छन्।
उक्त कार्यक्रममा प्रसुराम नगरपालिकाका मेयर भिम बहादुर साउदले पनि अब देशलाइ हिन्दु राष्ट्रमा रुपान्तरण गर्नुको अर्को विकल्प नभएको बताए। मेयर साउदले हिन्दु राष्ट्र बिना नेपालको पहिचान बिश्वमा नहुने भन्दै त्यतातिर गम्भीर बन्न राजनीतिक दललाई आग्रह गरे ।
