रुकुम पश्चिममा नेकपा र काङ्ग्रेस समर्थक युवाहरूबीच झडप, एक जना गम्भीर घाइते

  ।   २ कार्तिक २०७७, आईतवार ०६:५२

मनोज डाँगी 

कार्तिक २, रुकुम पश्चिम । 

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकास्थित राडि बजारमा नेकपा समर्थित युवाहरु र नेपाली काँग्रेस समर्थित युवाहरुबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । झडपमा परि साेहि नगरपालिकाका युवा लक्ष्मण बाेहरा गम्भीर घाइते भएका हुन् ।

टाउकोमा गहिरो चाेट लागेका उनीमाथि आक्रमण सँगै केही समय राडिबजार तनावपूर्ण बनेको थियो । आक्रमणमा उत्रेका युवाहरूले बजारका केही हाेटलहरुमा समेत ताेडफाेड गरेको स्थानीयबासीहरुकाे भनाइ छ ।

उक्त घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खाेजि गर्दै घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।घटना आकस्मिक घटेकाले घटनामा संलग्नहरुकाे व्यापक खाेजि भैरहेको प्रहरीको भनाइ छ ।

गत बिहीबार साँझबाट सुरु भएको झडपले शनिबार साँझसम्म उग्र रुप लिएको हाे । दुबै पक्षले एक अर्कालाई दाेष लगाउदै आमने सामने हुँदा अवस्था झडपमा परिणत भएको स्राेतले बतायो । बिहिवार एकजना नेकपा समर्थित युवालाई काँग्रेस निकट युवाहरूले कुटपिट गरेपछि झगडा बढ्दै गएको नेकपाका स्थानीय एक ब्यक्तिले जानकारी दिए ।

उता नेपाली काँग्रेसका नगर सभापति कमल शाहका अनुसार अस्तिकाे झगडा राजनीतिक नभइ ब्यक्तिगत भएको र त्यसको बिषयमा आइतबार छलफल हुँदै गर्दा  लक्ष्मण बाेहरामाथी आक्रमण भएपछि स्थिति असामान्य बन्दै गएको हो । स्थिति तनावपुर्ण हुनुमा स्थानीय सरकारकाे भुमिका प्रमुख रहेको समेत शाहको आराेप छ ।

आठबिसकाेट नगरपालिकाले वडाकाे भूगाेल विभाजन गर्ने र नेकपा बनेपछि दुई लाख रुपैयाँ स्थानीय सरकारले प्रत्येक घरलाई उपलब्ध गराउने हल्ला फैलाएका कारणले सामाजिक अवस्थामा समेत खलल पुगेको र स्थानीयबासीहरुबीच द्वन्द सृजना भएको काँग्रेसकाे आराेप छ । तर कुनैपनी आरोपको आधिकारिक रुपमा स्वतन्त्र पुष्टि हुन बाकी नै रहेको बताइएको छ ।

घटनामा घाइते भएका लक्ष्मण बोहराको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

Next Post

बलात्कार गरेको आरोपमा सत्तरी बर्षिय वृद्ध पक्राउ

२ कार्तिक २०७७, आईतवार ०६:५२
मनोज डाँगी  कार्तिक २, सल्यान । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकामा एक बोल्न नसक्ने ५५ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँका एक ७० वर्षिय वृद्ध पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले शनिबार आरोपित वृद्धलाई पक्राउ गरेको छ। शनिबार दिउसो बलात्कार गरेको सूचना पाएपछि आरोपित वृद्ध पुरुषलाई घटना […]