बिष्णु कुमार शाही
दुर्घटना भएको एक महिना बिती सक्दा पनि दुर्घटना ग्रस्त यात्रुबाहक बसलाई नलैजादा पुलमा घुम्न आउने आन्तरिक तथा बायिए पर्यटकलाइ गिज्याई रहेको छ |
यहा घुम्न आउने जोकोहीले पनि बसले फोटा खिच्न र भिडियो बनाउन डीस्टप मात्र गरेको छैन बाटैमा रोकेर राखेको हुदा अर्को दुर्घटना निम्त्याउन सक्ने बताउछन | राजमार्गमा वोहोर दोहोर गर्ने सवारी साधनहरु लाइ अफ्तेरोमा पारेको हुनाले यसलाई लैजान हामीले बारम्बार अनुरोध गरे पनि लिन नआएको इलाका प्रहरी कार्यालयका संचारका उत्तम चन्दले बताए |
उता गाडी साहु एकेन्द्र हमाल सँग बुझ्दा भलाइ कोस सँग कुरा भैरहेकोले गाडी न्याउना नसकिएको बताउदै बल्ल हेर्ने सहमति भैसकेकोले अबको एक दुइ दिन भित्रै गाडीलाई लिने बताए |
काठमाडौँ बाट धनगडी जादै गरेको ना ८ ख १९४९ नम्बरको मालिका यातायातको सोफा गाडी २०८३ बैसाख २८ गते बर्दियाको ठाकुरबाबा नगरपालिका २ आरक्षमा दुर्घटना भएको थियो |
उक्त दुर्घटनामा २२ जना यात्रुहरु घाइते भएका र गम्बिर घाइते ३ जना यात्रुलाई काठमाडौँमा उपचार भैरहेको छ |
