ज्ञानेन्द्र शाहीको प्रश्न संसद्‍मा पेस नभए रै आर्थिक विधेयक हेरफेर कसको स्वार्थमा हो

  ।   २९ जेष्ठ २०८३, शुक्रबार २२:२६

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसद्‍को सम्पत्ति आर्थिक विधेयकलाई हेरफेर अर्थमन्त्रीले कसको स्वार्थमा गरेको भन्दै प्रश्न गरेका छन्।

सरकराले प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग समेत गरेका छन्। आज संसद् बैठकमा बोल्दै सांसद शाहीले भने, ‘संसद्‍को सम्पत्ति आर्थिक विधेयकलाई अर्थमन्त्रीज्यूले भकाभक चेन्ज गर्नुहुन्छ, कसको स्वार्थमा?’

उनले यो देश गाउँका किसान र सामान्य नागरिकले नबिगारेका बताउँदै जो सत्तामा पुगेको उसले बिगारेका भनाइ राखे। साथै, उनले करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चल्नुपर्ने शाहीले बताए। उनले यसका विषयमा सरकारले नभइ संसद्ले छानबिन समिति बनाउनुपर्ने माग राखे।

उनले भने, ‘करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ? सचिवलाई पनि थाहा हुँदैन। अर्थमन्त्री र अर्थमन्त्रीज्यूले तोकेका व्यक्तिहरूलाई मात्रै थाहा हुन्छ। सूचना लिक भएर ७५३ वटा बीवाइडी गाडी केरलाबाट १४ गते भन्सार पास हुन्छन्, २० गते गाडी आउँछ। अनि सरकारले छानबिन समिति बनाउँछ। आफैँ छानबिन समिति बनाउने र कर्मचारीलाई डाम्न खोज्ने?’

उनले अर्थमन्त्री दोषी देखिए राजद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन‍्।

Next Post

ऐन महरले संसद्‍मा किन टोपी खोलेर शिर निहुर्‍याए...

२९ जेष्ठ २०८३, शुक्रबार २२:२६
काठमाडौँ: नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नवलपरासीस्थित सुस्ताका बासिन्दाप्रति टोपी खोलेर नमन गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सुस्तावासीले भारतीय सुरक्षाकर्मीलाई लखेटेर पठाएको भन्दै उनले टोपी खोलेर शिर निहुराएर नमन गरेका हुन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उभिएर नेपालले भारतको भूमि मिचेको छ भनेकै कारण समस्या […]

सम्बन्धित