काठमाडौँ: नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नवलपरासीस्थित सुस्ताका बासिन्दाप्रति टोपी खोलेर नमन गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सुस्तावासीले भारतीय सुरक्षाकर्मीलाई लखेटेर पठाएको भन्दै उनले टोपी खोलेर शिर निहुराएर नमन गरेका हुन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उभिएर नेपालले भारतको भूमि मिचेको छ भनेकै कारण समस्या बढेको तर्क गरेका छन्। उनले ‘यो विषयमा सरकार के हेरेर बसेको छ’ भनी प्रश्न समेत
गरे। उनले यो विषय विपक्षीको मात्र नभर्य सबै नेपालीको भएको तर्क गरे। उनले एसएसबी बलका सुरक्षकर्मीलाई प्रतिकार गरेर पठाएकोमा सुस्तावासीको प्रशासा गरे।
‘आज म उनीहरूलाई धन्यवाद दिन चाहन्छु, जसले एसएसबीको प्रतिकार गरेका छन्, तिनलाई लखेटेर पठाएका छन्। म आभार व्यक्त गर्न चाहन्छु। ती राष्ट्रवादी जनतालाई म नमन गर्न चाहन्छु’, उनले टोपी खोलेर शिर निहुर् याउँदै भने, ‘म ती राष्ट्रवादी सुस्तावासीलाई टोपी खोलेर शिर झुकाएर धन्यवाद भन्न चाहन्छु।’
