अमेरिकाको विजयी शुरुआत : पाराग्वे ४–१ गोलले पराजित

  ।   ३० जेष्ठ २०८३, शनिबार ०९:५७

फिफा विश्वकप फुटबलमा आज बिहान भएको खेलमा घरेलु टोलीलेआयोजक अमेरिकाले विजयी शुरुआत गरेको छ । लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४–१ गोलले हराएको हो । खेलको पहिलो हाफमै अमेरिकाले ३ गोल गर्यो । खेलको ७ औँ मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाको गोलबाट अमेरिकाले अग्रता लिएको थियो ।

खेलको ३१औं मिनेटमा फोलारिन बालोगुनले गोल थपे । पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए । खेलको अन्तिम मिनेटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे ।

पाराग्वेका लागि मौरिसियोले ७३ औँ मिनेटमा एक गोल फर्काए । घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरुआत गरेको हो ।

विश्वकप फुटबलमा आज मध्यराति पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् । विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग एक/एक गोलको बराबरी खेलेको छ ।

Next Post

विश्वकप : कुन देश कति सफल? कसले कति खेले, कति जिते

३० जेष्ठ २०८३, शनिबार ०९:५७
फिफा विश्वकपको २३ औं संस्करण अमेरिका, मेक्सिको र क्यानाडामा सुरु भइसकेको छ। विश्वकप इतिहासमा ५ पटक उपाधि जितेको दक्षिण अमेरिकी देश ब्राजिल सबभन्दा सफल टीम हो। उपाधि जित्ने मामिलामा मात्र नभई ब्राजिल सहभागिता, खेल संख्या, जित संख्या, गोल गर्ने र अंक हासिल गर्नेमा पनि सबभन्दा माथि छ। विश्व फुटबलको सबभन्दा […]