वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

  ।   ३० जेष्ठ २०८३, शनिबार ११:०८

काठमाण्डौ — सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गरेको छ । सरकारले गएको वैशाख ३१ गते ५ जना सदस्य नियुक्त गरेकोमा छनोट समितिले गरेको सिफारिसका योग्यता क्रमका आधारमा नगरी छानी–छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले रिट दायर गर्नुभएको थियो ।

हिजो यस रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो । सरकारले डा. दीपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चले अब छनौट समितिको सिफारिसमा परेको योग्यताक्रमअनुसारका उम्मेदवारहरुलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ ।

Next Post

कर्णाली प्नदेशमा निर्देशनालय पुनर्संरचनादेखि राउटे नीति स्वीकृत

३० जेष्ठ २०८३, शनिबार ११:०८
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक संरचना पुनर्संरचना, लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण तथा स्वास्थ्य सुधारसँग सम्बन्धित तीन महत्त्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्रीको अध्यक्षतामा बिहीबार बेलुका ५ बजे बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न निर्देशनालयहरूको संरचनागत व्यवस्थापन तथा कार्यसम्पादन प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकले पूर्वाधार विकास निर्देशनालय, सुर्खेत, खानेपानी, […]