भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

  ।   १७ श्रावण २०८०, बुधबार ०७:४८

कर्णालीलाइभ समाचारदाता । 

साउन-१७, तनहुँ ।

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Next Post

माओवादी पार्टीको नाममा चन्दा माग्ने दुई युवा पक्राउ

१७ श्रावण २०८०, बुधबार ०७:४८
कर्णालीलाइभ समाचारदाता ।  साउन-१८, दैलेख । दैलेखको दुल्लुमा नेकपा माओवादी पार्टीको नाममा चन्दा माग्ने दुई युवा पक्राउ परेका छन् । पार्टीलाई आर्थिक सहयोग भन्दै चन्दा माग्ने दुई जनालाई इलाका प्रहरी कार्यालय दुल्लुले प्रक्राउ गरेको हो । दुल्लु नगरपालिका वडा नं. १३ का समीर शाही र चन्द्रबहादुर शाही पक्राउ परेका हुन् । […]