संक्रमणको दर घट्यो, अब आम रुपमा लकडाउन खुलाउनुपर्छ : डा. पाण्डे

  ।   २९ जेष्ठ २०७८, शनिबार १३:२५

डा. रवीन्द्र पाण्डेले पछिल्लो समय कोरोना संक्रमण दर घट्दो क्रममा रहेको बताएका छन् । उनले अहिले मृत्युदर घटेको र अस्पतालमा विरामीहरुको चापपनि कम भएको सुनाए । उनले शहरभन्दापनि गाउँमा संक्रमण बढेको सुनाए । यसको लागि सरकारले परीक्षणको दरलाई बढाउनुपर्नेमा जोड दिए ।

लकडाउन लगाउनुको प्रमुख कारण भनेको नै जनस्वास्थ्यका मापदण्ड सामूहिक पालना गराउनु भएको उल्लेख गरे । विगतमा लकडाउन खोल्नेबित्तिकै ह्वात्तै भीडभाड बढेको सुनाउँदै अहिले पनि चरणवद्ध रुपमा खुलाउनुपर्ने उनको भनाई छ ।

उनले आम रुपमा लकडाउन खोल्नुपर्ने बताए । तर, टोटल्ली लकडाउन खोल्न चाहीँ नहुने उनको सुझाव छ । संक्रमण भएका स्थान हेरेर मात्रै निषेधाज्ञाको निर्णय लिनुपर्ने र संक्रमण नभएको अवस्थामा लकडाउन खोल्नुपर्ने पाण्डेको सुझाव छ ।

Next Post

एसईईको नतिजा साउन १५ भित्र आउने

२९ जेष्ठ २०७८, शनिबार १३:२५
काठमाडौं, जेठ ३१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा […]

सम्बन्धित