बालबालिकालाई दशै पोशाक बितरण

  ।   ३ कार्तिक २०७७, सोमबार १५:००

रुकुम पश्चिम कार्तिक ३

मनोज डाँगी ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बालगृहका असहाय बालबालिकालाई आज दशैँ पोषाक बितरण गरिएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ घर भई हाल अमेरीकामा रहनुभएकी समाजसेबी जयन्ती थापाको आर्थीक सहयोगमा उक्त बालगृहका बालबालिकालाई दशैँ पोषाक बितरण गरिएको हो । बालगृहमा रहेका बेसाहरा बालबालिकालाई पनि दशैँ आएको महसुस होस भनि समाजसेबी थापाले पोषाक खरिदको लागि भनेर १५ हजार रुपैँया पठाउएकि थिइन् ।

सोहि रकमबाट उक्त बाल गृहमा रहेका १४ जना बालबालिकालाई एक-एक जोर दशैँ पोषाक बितरण गरिएको सिस्ने हिमाल बाल गृहका अध्यक्ष सुनिता चदाँराले जानकारी दिइन्। ति बालबालिकाहरुलाई नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्दिय सदस्य बसन्त कुमार शर्मा र नगर प्रमुख गोर्ख बहादुर केसी सन्देशले पोषाक हस्तान्तरण गरेको उनले बताइन् । दशैँ नजिकिए सगैँ नयाँ कपडा पाएपछि साहारा बिहिन बालबालिका खुसी भएका छन् । समाजसेबि थापाले बिगतका केहि बर्षहरु देखि गरिब, दुखि, असहायहरुलाई सहयोग गर्दै आएकि छन् ।
सिस्ने हिमाल बाल गृहका अध्यक्ष सुनिता चदाराँको अध्यक्षता रहेको पोषाक बितरण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य बसन्त कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै उक्त कार्यक्रममा नगर प्रमुख गोर्ख बहादुर केसी सन्देश ,नेकपा नगर कमिटी अध्यक्ष हरी प्रसाद शर्मा, नगरपालिका प्रबक्ता तथा १० नम्बर वडाध्यक्ष गंगाराम चदाँरा,कार्यपालिका सदस्य गोरख कामी, नेकपा ९ नम्बर वडा इन्चार्ज मनिराज बटाला लाएतको उपस्थिति रहेकोे   थियो ।

Next Post

काङ्ग्रेसका सबै सांसदले दशै भत्ता फिर्ता गर्ने

३ कार्तिक २०७७, सोमबार १५:००
काठमाडौँ, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेस सङ्घीय संसदीय दलका नेता समेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि […]