पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा कोरोनाबाट नौ जनाको मृत्यु

  ।   २९ आश्विन २०७७, बिहीबार १४:५७

असोज २९, विराटनगर ।

विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा गरी पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा कोरोना भाइरस संक्रमित नौ जनाको मृत्यु भएको छ ।  प्रदेशभित्र एकै दिनमा कोरोनाका कारण मृत्यु भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पाँचजना, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुईजना, विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक र धरानमा होम आइसोलेसनमा एकजनाको ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेशभित्र दैनिक मृत्यु हुने र नयाँ थपिएका संक्रमितको संख्या प्रत्येक दिन चार बजे सार्वजनिक गर्ने गरेको छ ।

Next Post

ईश्वर पोखरेलले नै बुझेनन् बढुवा भइयो कि घटुवा !

२९ आश्विन २०७७, बिहीबार १४:५७
  २९ असोज, काठमाडौं । रक्षामन्त्रीको जिम्मेवारी खोसेर ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ मा खटाइएका उपप्रधानमन्त्री ईश्वर पोखरेलको इमान–इज्जतमा बढोत्तरी भएको हो ? वा उनी किनारामा धकेलिएका हुन् ? बुधबारको मन्त्रिपरिषद हेरफेरपछि यो प्रश्न चर्चाको शिखरमा छ । मन्त्रिपरिषदको कार्यविभाजनसम्बन्धी राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार ईश्वर पोखरेलको कार्यविभाजन भनेको ‘प्रधानमन्त्री […]