सम्मानजनक गठबन्धन भएन, एकदिन दम्भको हिसाब मिलान गर्नुपर्नेछः रामकुमारी झाँक्री

  ।   १२ बैशाख २०७९, सोमबार १०:२६

काठमाडौं, बैशाख १२ ।

नेकपा (एकीकृत समाजवादी)की सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पाँच दलीय सत्ता गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।

आइतबार राति ट्वीटमार्फत उनले गठबन्धनका दलबीचमै हार्दिकतापूर्ण वातावरण बनाउने जनाउँदै उनले गठबन्धन भित्रका वार्ता संवादमा केही दम्भ देखिएको बताएकी छन्। झाँक्रीले गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा यसको हिसाब मिलान गर्नुपर्ने धारणा सार्वजनिक गरेकी छन् ।

‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँ भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो।’ उनले भनेकी छन्, ‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !´

Next Post

आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

१२ बैशाख २०७९, सोमबार १०:२६
वैशाख १८, काठमाडौं । देउवा सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् […]